प्रदेश १ र बागमतीको पहाडी भेगमा वर्षाको सम्भावना
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
शनिवार दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही रही एक/दुई स्थानमा हावाहुरी, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरूण पौडेलले जानकारी दिए। बाँकी भू-भागमा भने मौसम सामान्यतः सफा रहने छ।
राति प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। अन्य प्रदेशमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।
शनिवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam