तरुण दल र नेविसंघको आरोपः कोरोना रोकथाममा सरकार संवेदनशील भएन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेताहरुले कोरोना (कोभिड–१९) रोकथामका लागि सरकार संवेदनशील नभएको आरोप लगाएका छन्।
तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ र उदय शम्शेर राणा, नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा, रन्जित कर्ण र नैनसिंह महरले संयुक्त विज्ञप्ति जारी गर्दै आम नागरिक र प्रतिपक्षी दलले पूर्ण रुपमा साथ दिँदा पनि सरकार नागरिकप्रति संवेदनशील नभएको आरोप लगाएका हुन्।
संकटको बेलामा स्वास्थय सामग्री खरिदमा मन्त्री नै कमिसनको खेलमा लागेको तर यस विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीरताका साथ नलिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन्। नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने बेलामा स्वास्थ्य सामग्री खरिदमा स्वार्थबस ठेक्का दिँदा शंकास्पद व्यक्तिहरुको परीक्षणमा ढिला भएको उनीहरुको दाबी छ।
साथै, उनीहरूले स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुका लागि सुरक्षा सामग्री व्यवस्था गर्नुपर्ने, अस्पतालमा भेन्टिलेटरको संख्या बढाउनु पर्ने, प्रदेशमा स्थापना भएका प्रयोगशालाको परीक्षण क्षमता बढाउनु पर्ने, जोखिम प्राथमिकताका आधारमा परीक्षणको दायरा बढाउनुपर्ने लगायतका मागसमेत राखेका छन्।https://www.youtube.com/watch?v=RGWEDU-a-OY
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


