शिवराज ४ मा एक सय कृषकलाई स्प्रे ट्याङ्की

राम अवतार चाैधरी, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ४ नम्बर वडा कार्यालयले कृषकलाई स्प्रे ट्याङ्की वितरण गरिएको छ । आइतबार वडा भित्रका कृषकलाई तरकारी उत्पादन गर्न सहज हुने उद्देश्यले एक सय जना कृषकलाई नि:शुल्क वितरण गरिएकाे वडा कार्यालयले जनाएकाे छ ।

शिवराज नगर कृषि शाखा प्रमुख तारा चन्द चाैधरीले वडाले गरेकाे कार्य प्रशंसा गर्दै स्प्रे ट्याङ्कीले खेतीपाती तथा खासगरी तरकारी उत्पादनमा सहयाेग पुग्ने बताए । आम नागरिक कृषि पेशामा आधारित भएकाेले कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जाेड दिनुपर्ने जनाए ।

आगामी दिनमा समेत कृषिलाई केन्द्रित गरि वडाले बजेट बिनियाेजन गर्न जरुरी रहेकाे प्रमुख चाैधरीले बताए । वडाध्यक्ष सफिक अहमद मुसलमानले कृषि उत्पादनलाई वृद्धि गर्न कृषिजन्य सामग्री वितरण गरिएकाे बताए । तरकारी लगायत अन्न बाली संरक्षण गर्दै कृषकलाई व्यवसायिककरण गर्न उनले आग्रह गरे ।

वडाकाे बार्षिक कार्यक्रम अन्तर्गत ५ लाख रकम विनियोजन गरि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेकाे समेत वडाध्यक्ष मुसलमानले जिकिर गरे । वडा कार्यालयबाट यससँग सम्बन्धित सेवा नपाएकाे आम नागरिकलाई मध्यनजर गर्दै छनाेट गरि उक्त सामग्री वितरण गरिएको उनले बताए ।

आगामी समयमा पुनः निर्वाचित भएर यस स्थानमा आए शिक्षा, स्वास्थ्य, कृषि तथा पशुजन्य क्षेत्र र विपन्न लगायत दुखि असहायलाई सहयाेग गर्ने प्रतिबद्धता समेत मुसलमानले जाहेर गरे ।

वडाले वितरण गरेकाे स्प्रे ट्याङ्की ग्रहण गर्दै स्थानीय समशेर आलम खाँले एकदमै सह्रानिय रहेकाे बताए । अहिले कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषि उपकरण प्रदान गरेकाेमा निकै खुसी भएकाे उनकाे भनाई छ ।

TOP