२ क्विन्टल ६५ किलो गाँजासहित ५ जना पक्राउ
हेटौंडा : मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध गाँजासहित ५ जना पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २ क्विन्टल ६५ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा मनहरी गाउँपालिका–६ स्थित लोथर खोला हुँदै खयरघारीतर्फ शंकास्पद रुपमा पिठ्युँमा भारी बोकी आइरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले धादिङ रोराङ्ग–२ का ३० वर्षीय मानबहादुर चेपाङ, ३९ वर्षीय सन्तबहादुर चेपाङ, मनहरी–३ का ५३ वर्षीय बुद्धीबहादुर थिङ र चितवन राप्ती–११ बस्ने वर्ष ५५ को सञ्चबहादुर थिङलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले १ सय केजी गाँजा फेला पारेको छ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ५६४० नम्बरको योद्धा पिकअप गाडीको जाँच गर्दा १ सय ६५ केजी गाँजा फेला पारेको छ। गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा–१३ पदमपोखरीका २८ वर्षीय अरबिन्द नेपाली रहेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam