रुपन्देही र कपिलवस्तुमा चल्ने विद्युतीय बसको ओलीले गरे उद्घाटन
रुपन्देही : संघीय राजधानी भन्दा बाहिर पहिलो पटक निजी क्षेत्रले विद्युतीय बस सञ्चालनमा ल्याइएको छ । सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो । विद्युतीय बसको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आज मङ्गलवार उद्घाटन गर्दै ६० किलोमिटर यात्रा पनि गरे । रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड होटेलमा रिबन काटेर विद्युतीय बसको शुभारम्भ गरेका ओली यही बसमा चढेर लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भएर भैरहवा एयरपोर्टसम्म करिब ६० किलोमिटर यात्रा गरेको कम्पनीका सञ्चालक डिआर घिमिरेले बताए ।
लुम्बिनीमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पनि एमाले अध्यक्ष ओली वातावरणीय प्रदूषण कम गर्नका लागि सुन्दर यातायातले सुरु गरेको यो अभियानमा सबैले साथ दिन आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीले लुम्बिनीको सौन्दर्यता बढाउन विद्युतीय सवारी साधनको सञ्चालनले पर्यटकको आकर्षण बढ्ने भएकाले यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका थिए ।
नेपालको पहिलो सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा परीक्षणका लागि सञ्चालन गर्नका लागि दुई वटा बस ल्याएको हो । रुपन्देही र कपिलवस्तुमा यी बसहरू सञ्चालनमा हुनेछन् । हाल काठमाडौंमा मात्र सञ्चालित विद्युतीय बसहरू वातानुकूलित भएकोले तराईको गर्मीमा असाध्यै लोकप्रिय हुने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नेपाली सडकमा विद्युतीय कारहरू प्रशस्तै गुडिरहँदा पनि बिजुली बसहरू नदौडिएकाले अब अब यसमा सुधार आउने उनको भनाइ छ । छिमेकी मुलुक चीन र भारतका ठूला सहरमा विद्युतीय बसहरू चल्न थालिसके पनि नेपालमा यस्ता बसहरू नगण्य मात्रामा छन् । नेपालमा सुन्दर यातायातले मात्रै सीमित विद्युतीय बस सञ्चालन गरेको छ ।
सुन्दर यातायातले चिनियाँ बीओके ब्रान्डका बस ल्याएर राजधानीमा सञ्चालन गरिरहेको अवस्थामा अब युरो ब्राण्डका बसहरू चलाउने भएको छ । थापाकाअनुसार हाल भैरहवा–बुटवल र बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको ४ नं. सम्म विद्युतीय बसहरू चल्नेछन् । कम्पनीले बुटवलको कालिका नगर, भैरहवामामा चार्जिङ स्टेसन राख्ने गरी तयारी गरेको छ भने प्रदेश सरकारको योजनामा सैनामैनाको सालझण्डीमा चार्जिङ स्टेसन बनेको छ । यो रुटमा चल्ने विद्युतीय सवारी साधनका लागि चार्जिङ गर्न भैरहवा, बुटवल र सालझण्डीमा स्टेसन तयार भएपछि सजिलो हुने कम्पनीका सञ्चालक डिआर घिमिरेले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam