२४ घण्टामा ४२ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ४२ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय ७१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा ८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा एक हजार एक सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा ५० हजार एक सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

TOP