राष्ट्रिय युवा संघ कपिलवस्तुको प्रथम बैठकः १ घर, १ युवा निति लागु गर्नुपर्नेमा जोड
हरि आचार्य, कपिलवस्तु ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि कपिलवस्तुको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । बाणगंगा १ ठाकुरापुरमा सम्पन्न बैठकले महत्वपुर्ण निर्णय गरेको छ । बैठकले एक घर एक राष्ट्रिय युवा संघ निति लागु गर्नका लागि सक्रिय रुपमा लाग्ने तथा १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिमा १३ जना मनोनित गर्ने निर्णय गरेको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले लुम्बिनी दर्पणलाई बताउनुभयो ।
बैठकका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले पछिल्लो समय युवायुवतीहरुमा देखिएको सामाजिक विकृति विरुद्ध युवा संघ लड्न आवश्यक रहेकोमा जोड दिनुभयो । पार्टीको कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका न्यौपानेले एक घर, एक राष्टिय युवासंघ सदस्य भन्ने निति लागु गर्नका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । न्यौपानेले यहि चैत्र मसान्त भित्र जिल्लाका ९६ वटा वडामा ५ हजार सदस्यीय वडा कमिटि गठन गर्नका लागि जिल्ला कमिटि लाग्नुपर्ने बताउनुभयो ।
नेता न्यौपानेले बर्तमान सरकार र सरकारमा आवद्ध दलहरु हारको संघारमा पुगेको बताउनुभयो । निर्वाचनका बेला कांग्रेस सभापति शेर बहादुर देउवा विदेशको ढोकामा जाँदा बित्तिकै देशमा पेट्रोलियम पदार्थको मुल्य आकाशिनुले देश र जनताको आँखामा छारो हान्ने काम भएको बताउनुभयो । पार्टीलाई मजबुत र बलियो बनाई संमृद्ध देश बनाउनका लागि राष्ट्रिय युवा संघको अहम भुमिका रहेको बताउनुभयो ।
बैठकका अध्यक्ष कमल क्षेत्रीले निर्देशनात्मक भनाई राख्दै राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहम हुने बताउनुभयो ।
उहाँले राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेको बताउनुभयो ।
साथै आउदै गरेको स्थानीय तहको निर्वाचनमा पार्टीलाई देशकै ठुलो पार्टी बनाउनका लागि युवा संघ जिल्ला कमिटिले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।
१० औँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटिको नेतृत्व पाउनुभएका क्षेत्रीले आफ्नो नेतृत्वमा २ पालिका कमिटि गठन भईसकेको र बाँकी रहेका वडा कमिटिलाई छिटै पुर्णता दिनका लाग जिल्लाका सम्पुर्ण युवाहरुको साथ आवश्यक रहेको बताउनुभयो ।
जिल्ला अध्यक्ष क्षेत्रीले बैठक पछि सम्पुर्ण युवाहरुसंग अनौपचारीक छलफल गरि विदेशमा विदेशीहरुले ९० बर्षमा लगानी गरेर २० बर्ष पछि परिमाण खोज्छन् त्यस्तै युवाहरुले पनि २० बर्ष प्रशंसनीय काम गर्नुपर्ने उचित स्थान पाईने बताउनुभयो । सोहि क्रममा कमिटिलाई चलायमान बनाउन आवश्यक साथ र सहयोग गर्ने बताउदै सम्पुर्ण सदस्यहरुले खुसी व्यक्त गरेका थिए ।
बैठकमा बोल्ने वक्ताहरुले पार्टीको बलियो जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल भएकाले कमल क्षेत्री नेतृत्वको जिल्ला कमिटिले प्रशंसनीय काम गरेको बताएका थिए । पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बलराम अधिकारी, प्रदेश कमिटि सदस्य बाबुराम खनाल, पार्टीका जिल्ला कमिटि सचिवालय सदस्य मिनराज बेल्बासे, पार्टीका जिल्ला कमिटि सदस्य तथा युवा ईन्चार्ज कृष्ण सापकोटा, युवा संघका केन्द्रिय सदस्य विजय कुंवर, पार्टीका बुद्धभूमि नगर कमिटि अध्यक्ष देवी प्रसाद पोख्रेल लगायतको आतिथ्यता, राष्ट्रिय युवा संघ जिल्ला कमिटि सदस्यहरुको उपस्थिती रहेको बैठक राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला कमिटि सह–सचिव तैयव खाँनको स्वागत तथा सचिव दिपेन्द्र बहादुर महराको सञ्चालनमा सम्पन्न भएको हो ।
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
भदौ १५, २०८३
कृष्णनगर, १५ भदौ । कपिलवस्तुको बहादुरगञ्जमा आगामी २०८३ साल भदौ २० गते शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ…



ghanashyam