छोराछोरी बीच भेदभावरहित समान व्यवहार हुनुपर्छ : प्रशासकीय अधिकृत ढकाल
अजय मिश्र, कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिकाको सभा हलमा किशोरीका अभिभावकहरू संग एक दिने अन्तरक्रिया कार्यक्रम किशोर अवस्था र अभिभावकको भूमिका भनाईका साथ संचारिका समुहको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ l
संचारीका समुहकी अध्यक्ष पार्वती आचार्यको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, विशिष्ट अतिथि संचारीका समुह लुम्बिनी प्रदेश नि वर्तमान अध्यक्ष
अध्यक्ष पार्वती पाण्डेय, अतिथिमा सिद्धार्थ सामाजिक विकास केन्द्रका कृष्णनगर का सामाजिक परिचाल तापस मिश्र, सामाजिक परिचालक शुष्मा विश्वकर्मा रहेका थिए l
कार्यक्रमको औपचारिक उद्घाटन कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल ले गर्नुभयो साथै स्वागत मन्तव्य संचारीका समुहकी महासचिव शारदा केसी ले गरिन l
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै छोरा छोरी बिच भेदभावरहित समान व्यवहार हुनु पर्ने, कोशोर अवस्था परिवर्तनको अवस्था रहेकाले अभिभावक हरू ध्यान दिनुपर्ने, अगामी बजेटमा किशोर किशोरी कार्यक्रम हरू योजनामा बढी समावेश गरिने बताउदै आफ्नो छोराछोरी तथा वातावरणीय सरफाइमा समेत ध्यान दिन अभिभावक संग आग्रह गर्नुभयोl
कार्यक्रममा सहजीकरण संचारिका समुहकी सल्लाहकार निशा विश्वकर्मा ले गरिन l कार्यक्रममा ५० जना भन्दाबढीको सहभागिता रहेको थियो l
कार्यक्रम संचालन संचारीका समुहकी कोषाध्यक्ष संगिता भुषालले गनुभयो l
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam