त्रिकोणत्मक सिरिजको उपाधिका लागि आज नेपाल–पीएनजी भिड्दै
काठमाडौं : त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र पपुवा न्युगिनी पिएनजीबीच प्रतिस्पर्धा हुँदैछ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
पिएनजी, मलेसिया सम्मिलित सिरिजमा अपराजित रहँदै नेपाल फाइनल पुगेको हो। समान ४ खेलमा १–१ खेल जितेका मलेसिया र पिएनजीको २ अंक छ तर नेटरनरेटमा अगाडी रहँदै पिएनजीले नेपालसँगको भेट पक्का गरेको हो।
सिरिज अन्तर्गत पहिलो खेलमा पिएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा ३७ रनको जित निकालेको थियो। यस्तै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेट र पहिलो खेलमा ८५ रनको जित निकालेको थियो।
पिएनजीले भने निर्णायक खेलमा मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। यसअघि पिएनजीसँगै भएको दुई खेलको एक दिवसिय सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam