चितवनका ७ वटै पालिकामा गठबन्धन गर्ने पाँच दलकाे निर्णय
चितवन – चितवनका पाँच वटा राजनीतिक दलले आउँदो स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । आज साेमवार बिहान बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वैशाख ३० गते हुने चुनावमा चितवनका सात वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो ।
कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले सात वटै पालिकामा गठबन्धनका दलहरूको बैठक बसेर संयन्त्र निर्माण गर्ने निर्णय गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । चितवनमा भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी छाडेका छैनन् । माओवादी केन्द्रले रेणु दाहाललाई नै मेयरमा दोहोर्याउने अडान लिएको छ, कांग्रेसले भने २०७४ सालको चुनावमा माओवादीलाई समर्थन गरेकाले अहिले महानगरको मेयर आफूहरूले पाउनुपर्ने बताउँदै आएको छ ।
सात वटा पालिका रहेको चितवनमा गएको चुनावमा चार वटा एमालेले, दुई वटा माओवादीले र एउटा पालिका नेपाली कांग्रेसले जितेको थियो ।

तस्बिर : सामाजिक सञ्जाल
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam