आचारसंहिता पालनाबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो ७९ दललाई
काठमाडौं : निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा राजनीतिक दलहरूसँग छलफल गर्दैछ। स्थानीय तह निर्वाचनको आचारसंहिताको पालनाका लागि दलहरूको प्रतिवद्धता बारेमा छलफल गर्न विहान साढे ११ बजे ७९ दलका प्रतिनिधिलाई बोलाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए।
आजको छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ। साथै, आयोगले सो अवसरमा दलहरूलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह पनि गर्नेछ। दलहरूको प्रतिवद्धतापछि आयोगको बैठक बसेर आचारसंहिता लागू गर्ने मिति टुंगो लगाउने छ। तर कहिलेदेखि लागू गर्ने बारे टुंगो लागि नसकेको पौडेलले बताए।
थाहाखबरसँग कुरा गर्दै पौडेलले भने, स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई छलफलका लागि बोलाएका छौ, दलहरूको प्रतिवद्धतापछि बैठक बसेर आचारसंहिताको टुंगो लगाउने छौं’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam