नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित
काठमाडौं : नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। यद्यपी मतगणना भने बाँकी नै छ। घिमिरे १३ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन्।
बिहीबार रातिसम्मको मत परिणाम अनुसार बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार घिमिरेलेले ३७ सय २८ मत प्राप्त गर्दा गप्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९ सय ७७ मत प्राप्त गरेका छन्।
प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहीबार रातिसम्म ६ हजार मत गणना भएको छ। अब १३ सय मतगणना गर्न बाँकी छ। घिमिरे पाठकभन्दा १७ सय ५१ मतले अगाडि छन्। अब गणना गर्न बाँकी सबै मत अधिकारीले पाए पनि घिमिरेको भन्दा कमै हुन्छ।
आज अपरान्ह ३ बजेसम्म सबै मतगणना सक्ने तयारी भइरहेको पाठकले बताइन्। मतगणना विहान ९ बजेबाट सुरु हुने छ। त्यस्तै, पदाधिकारीमा पनि घिमिरे समूहकै अग्रता रहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam