एमाले शिवराजले चुनाव लक्ष्ति सकृयता बढायो

कपिलवस्तु- एमाले शिवराजले चुनाव लक्ष्ति सकृयता बढाएको छ । चुनाव लक्ष्ति कार्यकम अन्तगर्त शिवराज नगरपालिका वडा न ६ मा नेकपा एमाले पार्टीको वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । शिवराज ६ धर्मनगर स्थित वडा कमिटी रोहित यादवको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।

भेलाले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको वडा अध्यक्ष र सदस्यको नाम सर्वसम्मत निर्णय गरेर पठाउने निर्णय गरेको छ । चुनाव लक्षित अगुवा कार्यकर्ता भेलाले वडामा एमालेलाई जिताउने र नगरका एमाले उम्मेदवालाई धेरै मत ल्याउने गरी रणनीति बनाएर टोलटोलमा लाग्ने निर्णय गरेको छ ।

भेलामा एमाले जिल्ला कमिटी सदस्य एवम शिवराज इन्चार्ज बाबुराम सापकोटा, जिल्ला कमिटी सदस्य ओम प्रकाश भण्डारी,एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल , उपाध्यक्ष महादेव पोख्रेल , सचिव शरद अधिकारीलगायत एमाले शिवराजका नेताहरुको सहभागिता रहेको थियो ।

TOP