केही मानिसहरूकाे ‘सन्कीपन’ ले देशकाे नीतिहरू भाँडिए : याेगेश भट्टराई
काठमाण्डाै – नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरूको सन्कीपनले देशको नीतिहरू भाँडिएको आरोप लगाउनुभएको छ । आज सोमवार काठमाण्डाैमा स्वास्थ्य वैज्ञानिकहरूको आठौँ सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयाे, ‘केही मानिसहरूको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन् । केही मानिसहरूका कारण हाम्रा नीतिहरू गलत ठाउँमा गएका छन् । आज हामीसँग विदेशी मुद्राहरूको सञ्चिति छैन, चिन्ता व्यक्त भइरहेको छ । किनभने हामीले धेरैभन्दा धेरै निर्यात गरिरहेका छौँ । त्यो मात्रै होइन, आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा विद्यार्थीहरू पढ्नका लागि विदेश पलायन भइरहेका छन् । त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ । के हामीले यसको कुनै आँकलन गरेका छौँ ? जनशक्ति उत्पादन गर्ने काममा कति ध्यान दिएका छौँ ?’
सचिव भट्टराईले कुनै पनि उमेर समूहका मानिसहरूलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने पनि बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam