मानव खप्पर तथा हड्डीसहित एक जना पक्राउ
मोरङ : मोरङको विराटनगर महानगरपालिका १५ रानी स्थित नम्बर १ घाटबाट मानव खप्पर तथा शरीरका विभिन्न हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर बताउने २६ बर्षीय आदित्य चिन्हा रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट गस्तीमा खटिएको टोलीले शंका लागि जाँच गर्दा उनले बोकेको झोलामा मानव खप्पर तथा शरीरका विभिन्न हड्डी फेला परेका हुन्।
सशस्त्र प्रहरीले चिन्हालाई पक्राउ गरी थप अनुसन्धानका लागि नेपाल प्रहरी समक्ष बुझाइएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam