विजयनगरको २ नम्बर वडा अध्यक्षमा श्याम चौधरीको चर्चा
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर २ बाट वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका युवा नेता श्याम चौधरीको चर्चा भइरहेको छ । युवाहरुबीच लोकप्रिय समाजसेवीको रुपमा सामाजिक कार्यमा चौधरीले अग्रसर हुँदै आउनुभएको छ ।
उहाँ हाल नेपाली काँग्रेसका जिल्ला सदस्यसमेत रहनुभएको छ । समाज विकासका लागि युवाको आवश्यकता रहेको भन्दै अधिकांश युवाहरुले श्याम चौधरीले टिकट पाउनुपर्छ भन्ने चर्चा चलिरहेको छ । उहाँका अधिकांश् समर्थकले श्याम चौधरीलाई जिताउनका लागि जोड दिएका छन् ।
उहाँ एक इमान्दार, कर्मठ, जुझारु युवा नेताको रुपमा हेरिएका चौधरीले वडा अध्यक्ष पदमा सबैको चाँसो र साथ सहयोग रहेकाले चुनाव जित्ने निश्चित भएको स्थानीयले बताउँछन् । चौधरीकोे वडा अध्यक्षको पदमा उम्मेदवारीको चर्चाले राजनीतिक माहोल नै बदलिएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam