अमेरिकाले युक्रेनलाई फेरि हातहतियार दिने
एजेन्सी-अमेरिकाले युक्रेनलाई ७५ करोड अमेरिकी डलर बराबरका विभिन्न शस्त्रास्त्र दिने तयारी गरिरहेको छ। युक्रेनलाई दिइने यी हातहतियारको घोषणा आज (बुधबार) अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले गर्न सक्ने बेलायती समाचार संस्था रोयटर्सले यसबारे जानकार दुईजना अमेरिकी वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।
अमेरिकाले जारी रुस-युक्रेन युद्धमा रुसको प्रतिरोध गर्न युक्रेनलाई हातहतियारको नयाँ खेप दिन लागेको हो। युक्रेनलाई दिने यी हातहतियार अमेरिकासँग रहेको शस्त्रास्त्र भण्डारबाट दिइने बताइएको छ।
भण्डारमा रहेका हातहतियार अमेरिकी राष्ट्रपतिले ‘प्रेसिडेन्सियल ड्रडाउन अथारिटी (पिडिए)’ को विशेष अधिकार उपयोग गर्दै दिनेछन्। पिडिएअन्तर्गत राष्ट्रपतिले अमेरिकी भण्डारमा रहेका वस्तु वा सेवा आपूर्तिका लागि संसदबाट अनुमोदन नगराइ आकस्मिक रुपमा सीधै दिन सक्छन्।
अमेरिकी अधिकारीमध्ये एकजनाले कुन कुन हातहतियार दिने भनेर तय गरिरहेको बताएको रोयटर्सले जनाएको छ। संसदका एक वरिष्ठ अधिकारीका अनुसार युक्रेनलाई दिइने हातहतियारमा होवित्जलगायत जमिनबाट गोला बर्साउनेलगायत ठुल्ठूला हतियार समावेश हुनेछन्। ह्वाइटहाउसका अधिकारीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
गएको साता राष्ट्रपति कार्यालयले गत फागुन १२ गते रुसले आक्रमणयता अमेरिकाले युक्रेनलाई विशेष सैन्य अभियानअन्तर्गत १ अर्ब ७० करोड अमेरिकी डलर बराबरको शस्त्रास्त्र सहायता दिइसकेको बताएको थियो।
संसदका तिनै वरिष्ठ अधिकारीका अनुसार केही सांसदलाई युक्रेनलाई दिन लागिएको आकस्मिक शस्त्रास्त्रबारे गएको २४ घण्टामा जानकारी गराइसकेको रोयटर्सले उल्लेख गरेको छ। युक्रेनलाई ट्यांक प्रतिरोधी ज्याभलिन मिसाइल र लडाकु विमान प्रतिरोधी स्टिंगरसहित अन्य हातहतियार समावेश हुने बताइएको छ।
रुसले युक्रेनको पूर्वी भूभागमा आक्रमण तीव्र पारेको छ। यस्तो वेलामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न युक्रेनलाई ठुल्ठूला शस्त्रास्त्र दिन अमेरिकी र युरोपेली नेताहरूमाथि दबाब दिइरहेका छन्।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शस्त्रास्त्र निर्माता ८ ठूला अमेरिकी कम्पनीका प्रमुखहरूसँग आज युक्रेन युद्धबारे छलफल गर्दै छ। युक्रेन(रुस युद्ध वर्षौं लम्बिए अमेरिकी शस्त्रास्त्र उद्योगले युक्रेनलाई चाहिने हातहतियार आपूर्ति गर्न सक्छ कि सक्दैन भनेर हतियार उद्योगको क्षमताबारे बुझ्न पेन्टागनले उक्त छलफल राखेको हो।
रेथन टेक्नोलजिज्‚ लकहीड मार्टिन‚ बोइङ कम्पनी‚ नर्थ्रप ग्रुमान‚ जनरल डाइनामिक्स र एलथ्री ह्यारिस टेक्नोलजिज् हातहतियार निर्माता केही ठूला अमेरिकी कम्पनीमध्ये पर्छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam