नेपाल वायुसेवा निगमले पायो साउदी अरेबियामा उडानको अनुमति
काठमाण्डाै – नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान गर्ने भएको छ । निगमका अनुसार आउँदो वैशाख ९ गते पहिलो उडान हुनेछ ।
नेपाल वायुसेवाको राष्ट्रिय ध्वजावाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो ।
यो उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि नेपाल वायुसेवा निगमलाई उडानको अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको छ ।
निगमले व्यावसायिक योजना अनुसार काठमाण्डौ–रियाद–काठमाण्डौ नियमित उडान सुरु गर्ने भएको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति पाएको थिएन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल गर्नुभएको थियो । यसअघि हिमालय एअरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam