काठमाण्डौमा हावाहुरी र पानीले तुवाँलो हट्यो, बिहानैदेखि चर्को घाम
काठमाण्डाै – तुवाँलो हटेसँगै काठमाण्डौ उपत्यकाको मौसम सफा भएको छ । हिजो बिहानको हावाहुरी र अस्ति परेको पानीका कारण धुवाँधुलो र तुवाँलो हटेर गएको छ । तुवाँलो हटेपछि वरपरका डाँडाबाट काठमाण्डौ उपत्यका सफा देखिएको छ ।
तुवाँलो र बादल नभएपछि बिहानैदेखि घाम चर्किएको छ । मौसमविद् हिरा भट्टराईका अनुसार काठमाण्डौ उपत्यकामा बादल बन्ने प्रणाली विकसित नभएकाले पनि मौसम खुलेको हो । काठमाण्डौ उपत्यकामा आज पानी पर्ने सम्भावना नरहेको पनि मौसमविद् भट्टराईले बताउनुभयो ।
गएको २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, पानी नपर्दा तराईका जिल्लामा गर्मी लगातार बढ्दो छ । गएको २४ घण्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सियस पुगेको छ । यस्तै, जनकपुरको ३९ दशमलव ५ डिग्री सेल्सियस, नेपालगञ्जको ३९ डिग्री सेल्सियस, सिमराको ३८ दशमलव ५ डिग्री सेल्सियस, दिपायलको ३८ दशमलव ८ डिग्री सेल्सियस, धनगढीको ३७ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ ।
तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam