कृष्णनगरमा शिक्षा र भौतिक पुर्वाधारमा बढी विकास भएको छः नगर प्रमुख शाह
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सबभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेकाे छ । नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा शिक्षा क्षेत्रमा भौतिक निर्माण लगायतकाे शिक्षासंग सम्बंधित क्षेत्रमा बढी लगानी गरेकाे याेजना शाखाले जनाएकाे छ । शिक्षा क्षेत्रकाे बिकासमा विद्यालय पुर्वाधार निर्माण लगायत विशेष याेजना नै संचालन गरि अगाडि बढेकाे छ । कृष्णनगर नगरपालिकाभित्र हाल छ वटा मा वि संचालनमा आइसकेका छन ।
उक्त मा. वि. बाट हजारौं विद्यार्थी लाभान्वित भएका छन् l जनप्रतिनिधि निर्वाचित हुनुभन्दा पहिला कुल चारवटा माध्यमिक विद्यालयमा नगरक्षेत्रका विद्यार्थी चाप धान्नै नसक्ने अवस्था थियाे तर कृष्णनगर नगरपालिकाले प्राथमिकताका साथ सबै वडामा रहेका अधारभूत विद्यालयहरुमा पुर्वाधार निर्माण लगायत स्वयंसेवक शिक्षकको व्यवस्थापन समेत गरि शिक्षण गराउदै आएकाे छ । अपर्याप्त बजेट र संघ केन्द्र सरकारकाे उदासिनताले कृष्णनगरले आफ्नै बजेटमा केही क्षेत्रमा बिकास गरे तापनि अझ धेरै सुधार गर्दै लैजानुपर्ने नगरप्रमुख रजत प्रताप शाहले जाेडदिनुभएकाे छ ।
बिकास नियमित प्रक्रिया भएकाले आफूले हरेक संभव विकास गर्दै आएको र विकासका हरेक सम्भावना पहिचान गरि नगर लाई व्यवस्थित बनाउन आफू सधै तत्पर रहेको नगरप्रमुख शाहले बताए l स्थानीय पाठ्यक्रम बनाउने तयारी भइ रहेको, नियमित विद्यालय हरूमा अनुगमन भइ रहेको शैक्षिक सुधारका हरेक सम्भव प्रयास गर्दै आएको कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी ले जानकारी दिनुभयोl
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam