मधेशका प्रहरीचौकी खाली गराउने मन्त्रीको चेतावनी
जनकपुरधाम : मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी समायोजन गर्न संघीय सरकारले आलटाल गरेकाले मन्त्रालयको नाम फेर्ने र प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन्।
संघीय सरकारले प्रहरी समायोजन नगरेर अप्ठेरो बनाएको उनको कथन थियो। उनले भने, ‘संघीय सरकारले प्रहरी व्यवस्थापनमा सघाएन भने मधेशका प्रहरीचौकी खाली गराउनेछौँ।’
उनले स्थानीय तहको चुनावलगत्तै प्रहरी समायोजन गर्नुपर्ने माग राख्दै त्यसो नगरिए अध्यादेश नै ल्याएर भर्ना गर्ने तयारीमा पुगेको जानकारी दिए।
संघीय सरकारसँग विद्रोह गर्नुपर्ने अवस्था आएको बताउँदै अब मन्त्रालयको अधिकारका लागि मन्त्रालयको नाम परिवर्तनबाट शुरु गर्ने बताएका छन्।
प्रदेशवासीको अधिकार प्राप्तिका लागि पहिले प्रदेश सरकार अधिकारसम्पन्न हुनुपर्ने बताउँदै त्यसैको तयारी स्वरूप पहिले मन्त्रालयको नाम फेर्ने र अधिकार सुनिश्चित गर्ने बताए।
बिहीबार दलित महिला केन्द्र नेपालले महोत्तरीको बर्दिबासमा आयोजना गरेको महिला तथा किशोरीहरूका निम्ति सुरक्षित समाज निर्माणका लागि सरोकारवालाको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले उक्त चेतावनी दिएका हुन्।
कार्यक्रममा मन्त्री साहले भने‚ ‘तत्काल मन्त्रालयको नाम फेर्ने तयारीमा थिएँ तर निर्वाचन आचारसंहिताले तत्काल नाम फेर्न सकिएन।’
मन्त्री साहले स्थानीय निर्वाचनपछि बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम ‘गृह तथा सञ्चार’ राख्ने समेत बताए।
‘मन्त्रालयको नाम आन्तरिक मामिला हुँदा प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारीको अधिकारमा अलमल भएको छ’‚ साहले भने। त्यसैले मन्त्रालयको नाम फेरेर प्रदेशले आफ्नो अधिकारको उपयोग गर्ने तयारीअन्तर्गत त्यस्तो गर्न लागेको मन्त्री साहले बताए।
प्रदेशवासीलाई सामाजिक, राजनीतिक, आर्थिक अधिकार दिलाउन र विभेद र हिंसा अन्त्य गराउन मन्त्रालयकै अधिकार सुनिश्चित हुनुपर्ने भएकाले यस्तो कदम चाल्नुपर्ने उनको धारणा थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam