एसईई आजदेखि, पाँच लाख १५ हजार परीक्षार्थी सहभागी
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ शुक्रबारबाट सुरु हुँदैछ। यो वर्ष एसईईमा पाँच लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हुँदैछन् । कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन आज अंग्रेजीको परीक्षा हुँदैछ। वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अंग्रेजीको परीक्षा हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। एसईई वैशाख २० गते सकिने छ।
नियमित तालिकाअनुसार चैतमा एसईई हुनुपर्ने थियो। कोरोना संक्रमणका कारण पठनपाठनमा असर पुगेपछि चैतमा कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको हो। कोरोनाकै कारण गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam