आईपीएलमा मुम्बईको लगातार सातौँ हार
काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको जारी सिजनमा मुम्बई इन्डियन्स लगातार ७ औँ पटक पराजित भएको छ। गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको हो।
१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। चेन्नईका लागि अम्बाती रायुडूले ३५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए। महेन्द्रसिंह धोनी १३ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा अविजित रहे।
चेन्नईलाई अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा धोनीले अन्तिम बलमा चौका प्रहार गर्दै जित पक्का गराएका हुन्। मुम्बईका ड्यानियल साम्सले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। जयदेव उनादकटले २ र राइली मेरिडीथले १ विकेट लिए।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी टस हारेर ब्याटिङ गरेको घरेलु टोली मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो।
मुम्बईका मध्यक्रमका ब्याटर तिलक बर्माले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको अविजित इनिङ खेले। चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए। ड्वेन ब्राभोले २ विकेट लिए।
चेन्नई ७ खेलमा २ मा जित र ५ माहार सहित नवौं स्थानमा छ। मुम्बई ७ खेलमा जितबिहीन हुँदै तालिकाको पुछारमा छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam