आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना
काठमाण्डाै – आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाे छ । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पश्चिमी र मध्य क्षेत्रका पहाडी जिल्लामा असिना पानीको पनि सम्भावना रहेको छ । आज राति प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रि-मनसुनको समय भएकाले तत्कालै मौसम बद्ली भएर कुनै-कुनै ठाउँमा ठूलो पानी पर्ने सम्भावना हुन्छ । काठमाण्डौ उपत्यकामा पनि बेलुकापख पानी पर्ने सम्भावना रहेको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam