काफल खान चढेको रूख ढल्दा बाजुरामा सात जना बालक घाइते
काठमाण्डाै – बाजुराको बडीमालिका नगरपालिकामा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन् ।
बडीमालिका नगरपालिका–८ खर्रामा वनमा पुगेर काफल खान रुख चढेका बेला ढलेर सात जना बालक घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते हुनेमा बडीमालिका नगरपालिका–८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल रहेका छन् ।
घाइतेमध्ये तीन जना बालकको अवस्था गम्भीर रहेको छ । घाइते सबैको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam