भन्सारका निलम्बित कर्मचारीलाई भ्रष्टाचारको मुद्दा
काठमाडौं : भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुनेका निलम्बित कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। १ करोड रूपैयाँभन्दा बढी रकम गैरकानूनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित नायब सुब्बा देवीबहादुर थापाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
उनले सेवा अवधिमा विभिन्न शीर्षकमा ३ करोड ८९ लाख ४५ हजार ५ सय ८८ रूपैयाँ खर्च गरेको देखिएको र उनको वैध आय भने २ करोड १ लाख ९८ हजार ४ सय ३९ रुपैयाँ मात्रै देखिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार थापालाई १ करोड ८७ लाख ४७ हजार १ सय ४९ रूपैयाँ बिगो कायम गरी अख्तियारले बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी लिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam