स्थानीय तहको जनप्रतिनिधि बन्न १ लाख ४ हजारको आवेदन

काठमाडौं :   वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गरेका छन्। ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि एक लाख भन्दा धेरैकाे आवेदन परेको निर्वाचन आयोगले जनाएको छ। जनप्रतिनिधिमा मनोनयन दिएका मध्य २४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन्। 

देशभरका निर्वाचन कार्यालयबाट आइतबार र सोमबार गरेको मनोनयन दर्ताको संख्या सोमबार राति ११ बजेसम्मको संख्या आयोगले अद्यावधिक गरेको हो।मनोनयन दर्ताको समय सकिएपनि रुजु गर्ने काम भइरहेकाले उम्मेदवार संख्या अझै थपिने आयोगले जनाएको छ। 

TOP