विजयनगरको २ बाट वडा अध्यक्षमा कृष्ण बहादुर चौधरीको उम्मेदवारी


कपिलवस्तु ।
विजयनगर गाउँपालिकाको वडा नम्बर २ बाट अध्यक्ष पदमा कृष्ण बहादुर चौधरीले मनोनयन दर्ता गराउनु भएको छ । चौधरीले सोमबार निर्वाचन कार्यालयमा स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

उहाँले लामो समयदेखि समाजसेवीका रुपमा वडाबासीलाई सहयोग गर्दै आउनुभएको छ । चौधरीले यस वडामा एक सक्रिय युवा समाजसेवीको काम गर्दै आउँदा राम्रो छबीसमेत बनाउन सफल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । वडाबासीले स्वतन्त्रबाट अत्याधिक बहुमतका साथ अमुल्य मतले विजयी गराउनु हुनेमा विश्वस्त हुनुहुन्छ ।

चौधरीको स्वतन्त्र उम्मेदवारीले अधिकांश उहाँको समर्थक युवाहरुले साथ दिएका छन् । वडा अध्यक्षका उम्मदेवार कृष्ण बहादुर चौधरीले वडालाई नमुना वडा बनाउने बताउनुभएको छ ।

वडाबासीले हरेक विकासको दृष्टिकोणले पछाडी परेकोले कृष्ण बहादुर चौधरीलाई जिनाउनुपर्नेमा जोड दिएका छन् । वडा नम्बर २ मा चौधरीरुको उम्मेदवारीले वडाबासी खुसी छन् ।

TOP