शिवपुरीको जंगलमा लागेको आगो अझै निभाउन सकिएन
काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगल क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन ।
हिजो दिउँसो १ बजेतिर लागेको डढेलो निभाउन हेलिकोप्टरमार्फत पानी खन्याए पनि आगो अझै नियन्त्रणमा आउन नसकेको बूढानीलकण्ठ प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आगो निभाउने काम भैरहेको छ । अहिले आगो फैलिन रोकिएकाले छिटै निभाउन सकिने प्रहरीले विश्वास लिएको छ ।
आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्याङ्कर, निकुञ्जका सेना र प्रहरीले प्रयास गरिरहेका छन् ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam