स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव छैन : सङ्घ
काठमाण्डाै – नेपाल औषधि उत्पादक सङ्घले स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ ।
पारा सिटामोल लगायत नेपालमै उत्पादन हुने औषधिको अभाव भएको गलत हल्ला फैलाइएको भन्दै सङ्घले विज्ञप्ति निकालेर सबै औषधि पर्याप्त उत्पादन भइरहेको र मौज्दात पनि पर्याप्त मात्रामा रहेको स्पष्ट पारेको छ ।
नाकाबन्दी, भूकम्प कोरोना महामारी लगायतका सङ्कटग्रस्त समयमा र कच्चापदार्थको मूल्यमा तीन गुणा बढ्दा पनि उत्पादन नरोकेको र १५ वर्ष पहिलेकै मूल्यमा औषधि उपलब्ध गराइरहेको सङ्घले जनाएको छ ।
अहिले औषधिको माग धेरै भएको र आन्तरिक ढुवानी तथा कुरियर सेवामा भएको अवरोधको कारण केही ठाउँमा औषधि पुर्याउन केही ढिला भएको तर अभाव भने नरहेको सङ्घले जनाएको छ ।
गएकाे वर्षको जेठदेखि औषधि उत्पादक सङ्घले आफ्नो सदस्य उद्योगबाट लिएको मौज्दातको विवरण सार्वजनिक गर्दै आएको छ । अहिले पारासिटामोल मात्रै तीन करोड २५ लाख ट्याबलेट मौज्दातमा रहेको सङ्घले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam