कपिलवस्तुमा ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
कपिलवस्तु । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा ४ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।
निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभरि १ हजार ९ सय २६ म्यादी प्रहरी, १ हजार २ सय ८२ नेपाल प्रहरी, ४ सय ७० सशस्त्र प्रहरी, ४ सय ५५ नेपाली सेना परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार राष्ट्रिय अनुसन्धानबाट १८ जना समेत गरि ४ हजार एक सय ५१ जना निर्वाचनको सुरक्षाका लागी खटाईएको छ । म्यादी प्रहरी र नेपाल प्रहरीलाई मतदान केन्द्रसम्म परिचालन गरिएको छ ।
प्रत्येक स्थानीय तहमा प्रहरी र सशस्त्र प्रहरीले पेट्रोलिङ (गस्ती) समेत गरिरहेको छ । कपिलवस्तुमा २ सय ३५ ओटा मतदानस्थल र ४ सय ६८ मतदान केन्द्र रहेका छन् । यीमध्ये सुरक्षाको दृष्टिकोणले २० ओटा मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेका छन् ।
जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशील सूचीमा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
सबै ठाउँमा निर्वाचन सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर मतदान गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam