प्रचण्ड र ४ मन्त्रीविरुद्ध आचारसंहिता मिचेको उजुरी दरपीठ
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जना मन्त्रीविरुद्ध आचारसंहिता मिचेको भन्दै परेको उजुरी दरपीठ भएको छ।
नेकपा एमालेका कार्यकर्ता भरतपुर-१२ का अश्विन घिमिरेले माओवादी अध्यक्ष प्रचण्ड, संघीय सरकारका महिला बालबालिकामन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए।
उजुरीमा मौन अवधिमा आचारसंहिता मिचेर सरकारी सवारीसाधन दुरुपयोग गरी भरतपुर महानगरपालिका र माडी नगरपालिकामा मतदाताको घरघरमा पुगी प्रभाव पार्ने काम गरेको उल्लेख गरिएको छ। साथै राज्यमन्त्री श्रेष्ठ र श्रममन्त्री श्रेष्ठले भरतपुर महानगरभित्र आर्थिक चलखेल गरेको आरोप लगाउँदै आवश्यक छानबिन गरी कारबाहीको माग गरिएको छ।
उजुरीकर्ता घिमिरेले भिडियो क्लिप सहितको उजुरी दिएको दाबी गरेका छन्। तर मुख्य निर्वाचन कार्यालयले भने आरोप पुष्टि गर्ने पर्याप्त प्रमाण नभएकाले उजुरी दरपीठ गरेको जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam