मध्यपुर थिमी नगरप्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी
काठमाडौं : मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले हराउँदै उनी नगरप्रमुख निर्वाचित भएका हुन्।
सुरेन्द्रले १५ हजार ९८ मत पाए भने मदनसुन्दरले ११ हजार ३५ मत ल्याए। त्यस्तै नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का आशाहरि प्रजापतिले दुई हजार २५ मत प्राप्त गरे।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। उनले १२ हजार १०२ मत ल्याए। प्रतिद्वद्वी नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार ९६३ मत पाइन्। नेपाल मजदुर किसान पार्टीकी दीक्षा बाडेले दुई हजार ७२२ मत प्राप्त गरिन्।
मध्यपुर थिमीका ९ वटा वडामध्ये ६ वटामा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन्। दुई वटामा एमाले र एउटामा नेमकिपाका उम्मेदवार निर्वाचित भएका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam