इलाम नगरपालिकामा कांग्रेसका उम्मेदवार थापा विजयी
इलाम : इलाम नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार केदार थापा विजयी भएका छन्।
उनले १३ हजार ११५ मत प्राप्त गरे। मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ मत ल्याए।
उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले जित हासिल गरिन्। उनले १३ हजार ५४२ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत ल्याएकी छन्।
१२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ।
यो नगरपालिकामाकांग्रेसले ३० वर्षपछि विरासत फर्काएको हो। २०४९ सालको स्थानीय निकायको निर्वाचनमा कांग्रेसले इलाम नगरपालिकामा जित हासिल गरेको थियो।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam