रुकुम पश्चिमको मुसिकोट नगरपालिका प्रमुखमा कांग्रेस विजयी
रुकुम पूर्व : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका छन्।
उनी ६ हजार ९१४ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्। केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका हुन्। शर्माले ६ हजार ९०१ मत ल्याए।
यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन मगर ६ हजार १४० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याएका छन्।
विजयी प्रमुख उप्रमुख गठबन्धनबाट उम्मेदवार बनेका थिए। प्रमुख केसी एमाले–कांग्रेस गठबन्धनबाट विजयी भएका हुन् भने उपप्रमुख मगर माओवादी–समाजवादी गठबन्धनबाट उपप्रमुखमा निर्वाचित भएका हुन्।
१४ वडा रहेको मुसिकोटका आठ वडामा माओवादी र ६ वडामा कांग्रेसले जितेका छन्। एमालेले एउटा पनि वडामा जित प्राप्त गर्न सकेन।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam