जीपले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको मृत्यु
कञ्चनपुर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा जीपको ठक्करबाट मोटरसाइकल सवार दाजुभाइको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार गएराति महेन्द्रनगर जाँदै गरेको म २ प ६८३३ नम्बरको मोटरसाइकलमा सवार बेदकोट ५ धरमपुरका ३५ वर्षीय गणेश बम र १८ वर्षीय भुपेश बमको मृत्यु भएको हो। उनीहरू सवार मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको से १ च ४४८ नम्बरको जीपले ठक्कर दिएको हो।
दुर्घटनामा परी गम्भीर दाजुभाइलाई तत्कालै कैलालीको धनगढीस्थित सेती अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले बताएको छ।
ठक्कर दिने जीपका चालक कैलालीको धनगढी उपमहानगरपालिका १३ का ३७ वर्षिय श्रीराम रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam