४० दिनपछि २ हजार म्यादीको सामुहिक विदाई
कपिलवस्तु । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई एक कार्यक्रमका वीच विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरी १ हजार ९२३ म्यादी प्रहरीको सामूहिक बिदाई गरिएको हो ।
स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नमा म्यादी प्रहरीको महत्वपूर्ण भुमिका रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्ने समेत उहाँले विश्वास दिलाउनुभयो । राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै प्रहरी उपरीक्षक कार्कीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो ।
सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनुभयो । बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रसंशापत्र समेत प्रदान गरेको छ । म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
पहिलो किस्तामा ४० दिनको रासन भत्ता, भ्रमण भत्ता र पोशाक भत्ता बैंक खातामार्फत भुक्तानी भइसकेको उहाँले जानकारी दिनुभयो । दोस्रो किस्ता कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam