महाराजगन्जको मेयर र उपमेयरमा कांग्रेस निर्वाचित

अर्जुन बेल्बासे, कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा दोस्रो कार्य कालको लागि अब्दुल कलाम निर्वाचित हुनु भएको हो भने उपमेयरमा  रिता कुमारी कुर्मी निर्वाचित हुनु भएको हो ।

अन्तिम मतपरिणाम अनुसार मेयरमा निर्वाचित नगर प्रमुखका   उम्मेदवार कलामले १० हजार २ सय मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामदास चौधरीले   ८ हजार ६ सय ६८ मत प्राप्त गर्नु भएको छ ।

यस्तै उपमेयरमा निर्वाचित कुर्मिले ११ हजार १ सय ६१ मत प्राप्त गर्नु भएको छ  भने निकटतम प्रतिस्पर्धी एमालेकी भानमति यादवले ७ हजार२ सय मत पाउनु भएको छ।

महाराजगन्ज नगरपालिकामा कांग्रेसकोको तर्फबाट उपमेयर पदकी उमेदवार बनेकि सुभावती कुर्मीको मृत्यु भएपछि महाराजगन्जमा जेठ ३ गते निर्वाचन भएको थियो ।

महाराजगन्ज नगरपालिकामा १,२,३, ५,६,८,१०,र ११ नम्बर वडामा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन । वडा नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका वडा अध्यक्ष ,वडा न ९ मा नेकपा एमालेका वडा अध्यक्ष र वडा नम्बर ७ माजनता प्रगतिशिल पार्टी, नेपालका वडा अध्यक्ष निर्वातिच भएका छन ।

कपिलवस्तु महाराजगन्ज नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको नामवली)

मेयर- कांग्रेस- अब्दुल कलाम

उपमेयर- रिता कुमार कुर्मी

वडा नं 1-कांग्रेस= प्रमोद कुमार चौधरी

वडा नं 2- कांग्रेस= उजेर खान (जुबेर)

वडा नं 3 -कांग्रेस= नयनदास मौर्या

वडा नं 4- लोसपा= शैलेन्द्र नाथ शुक्ला

वडा नं 5-कांग्रेस=छेदी प्रसाद कुर्मी

वडा नं 6- कांग्रेस =रामसिंह कुर्मी

वडा नं 7-जप्रपा=रामरुप बढई

वडा नं 8- कांग्रेस = योगेन्द्र कुमार केसी

वडा नं 9-एमाले= फरिद अहमद खान

वडा नं 10-कांग्रेस= शैलेन्द्र कुमार चौधरी

वडा नं 11-कांग्रेस= धर्मेन्द्र कुमार पुरी

TOP