युवतीको अन्तरङ्ग तस्वीर लिएर धम्क्याउने प्रहरी र अन्य दुई पक्राउ
काठमाडौं : युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर समाजमा बदनाम तथा बेइज्जत गर्ने धम्की दिने प्रहरी जवानसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटको दुर्गा भवानीपुर गाउँपालिका-४ बस्ने २७ वर्षका कृष्णकुमार यादवलाई गत बुधबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका यादव धनुषाको बटेश्वर प्रहरी चौकीमा दरबन्दीका प्रहरी जवान रहेका नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोले जनाएको छ।
उनले सामाजिक सञ्जालमा युवतीलाई साथी बनाइ म्यासेज, च्याट र भिडियो कल गर्ने क्रममा पीडितलाई प्रलोभनमा पारी अन्तरङ्ग तस्वीरहरू खिचेका थिए। ती तस्वीरहरू सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने धम्की दिइ पीडितलाई मानसिक तनाव दिएको भन्दे उनीविरुद्ध उजुरी परेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
उनका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका-२२ का ३१ वर्षका मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनले सामाजिक सञ्जालमा झुटो खाता खोली युवतीको अन्तरङ्ग तस्वीरहरू आफन्त र साथीभाइलाई पठाएर ती युवतीको चरित्र हत्या गरेका थिए।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam