नाइजेरियाको एक चर्चमा भागदौड हुँदा ३१ जनाको मृत्यु
काठमाडौं : दक्षिणी नाइजेरियाको एक चर्चमा भागदौड हुँदा ३१ जनाको मृत्यु भएको छ। अरु ७ जना घाइते भएका छन्।
रिभर्स राज्यको किंग्स एसेम्बली पेन्टेकोस्टल चर्चको वार्षिक “शप फर फ्री“ च्यारिटी कार्यक्रममा भागदौड मच्चिएको अधिकारीहरुले जनाएका छन्।
प्रहरी प्रवक्ताका अनुसार हिजो त्यस चर्चमा परोपकारी कार्यक्रम राखिएको थियो। अहिले उक्त क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन्। नाइजेरियामा विगतमा पनि यस्तै भागदौडका घटनामा मानिसहरुको मृत्यु हुने गरेको थियो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam