आईपीएल क्रिकेटको उपाधि गुजरात टाइटन्सले जित्यो
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो। आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो।
राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। गुजरातका लागि शुभमान गिलले नटआउट ४५, कप्तान हार्दिक पाण्ड्याले ३४ र डेभिड मिलरले ३२ रन बनाए।
बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा र युजभेन्द्र चहलले समान १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। राजस्थानका लागि जोश बटलरले ३९ रन यशस्वी जैसवाल २२ र कप्तान सन्जु सामसनले १४ रन जोडे।
बलिङतर्फ गुजरातका कप्तान हार्दिकले ३,साइ किशोरले २ तथा मोहमद सामी, यश दयल र रासिद खानले समान १-१ विकेट लिए।
राजस्थानलाई हराएर फाइनलमा पुगेको गुजरातले फाइनलमा पनि राजस्थानलाई नै हराएर उपाधि हात पारेको हो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam