रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै
काठमाण्डाै – रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदैछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको बिहीवार ज्योतिषहरुले आजको साइत निकालेका हुन्।
आज दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी भएको हो । आज रथ तान्नको लागि हिजो लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर पिच गर्ने काम गरिएको छ। रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार हिजो बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो।
आज रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा २१ गते शनिवार भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
रातो मच्छिन्द्रनाथको रथजात्रा गएको वैशाख २१ गते पुल्चोकबाट रथ तानेर सुरु भएको हो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam