पाणिनि बहुमुखीका विद्यार्थीद्वारा सेमिनार कार्यक्रम सम्पन्न
शिवकुमार बेल्वासे, अर्घाखाँची ।
पाणिनि बहुमुखी क्याम्पस शिक्षा शास्त्र संकाय चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीको आयोजनामा ´´विद्यालय शिक्षामा समता कायम गर्न छात्रा छात्रवृत्ति अनिवार्य कि आवश्यकतामा आधारित ?“ विषयाक एक दिने सेमिनार कार्यक्रम बुधबार सम्पन्न भएको छ। शीतगंगा नगरपालिका वडा नम्बर ५ जुकेनामा रहेको सुधा माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण व्यवस्था सम्बन्धि गहन अध्ययन गरि विद्यार्थीको सम्पूर्ण अवस्था हेरेर वितरणमुखी बनाउन टेवा पुराउँने उद्देश्यले सोही विद्यालयमा कार्यक्रम गरिएको हो ।
लामो समय अध्ययन गरेर सेमिनार पत्र समेत तयार गरेका थियो।सेमिनार पत्र तयार गर्दा विभिन्न सरोकारवाला व्यक्तित्वसँग प्रत्यक्षरुपमा धारणा लिएर अध्ययन गर्दा राज्यको नीति समानतामा आधारित भएको तर यसलाई पुनर्विचार गर्दै समतामूलक बनाउनुपर्नेमा जोड दिएको पाइयो । कार्यक्रममा पाणिनि बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी मञ्जु रेस्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै सुधा मा.वि.कि विद्यार्थी माया न्यौपाने ,शिक्षक,मधुसूदन पौडेल ,विद्यालय व्यवस्थापन समिती अध्यक्ष बेद प्रसाद पौडेल ,वडा अध्यक्ष चन्द्रमणि बेल्वासे,उप्रध्यापक दोर्ण प्रसाद भुसाल ,पाणिनि बहुमुखी क्याम्पस शिक्षा योजना तथा व्यवस्थापन विभागीय प्रमुख नन्दराम भट्टराई र सुधा माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज आचार्य लगायतले समग्रमा प्रकाश पार्दै राज्यले स्वयंसेवक खटाएर गर्नुपर्ने काम विद्यार्थीबाट उठाउन भएको भन्दै धन्यवाद पात्रको उपमा दिएका थिए साथै कार्यपत्रमा देखिएका कमिकमजोरीहरु अौलाएका थिए । विभिन्न वक्ताहरुले दिएका राय सुझावलाई मनन गर्दै पाणिनि बहुमुखी क्याम्पसका विद्यार्थी हेम बहादुर रास्कोटिले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रमुख अतिथिद्वारा ब्यानर पढेर उद्घाटन भएको कार्यक्रम पाणिनि बहुमुखी क्याम्पस शिक्षा योजना तथा व्यवस्थापन विभागीय प्रमुख नन्दराम भट्टराईको प्रमुख आतिथ्यता, उपप्रध्यापकहरु दोर्ण प्रसाद भुसाल, लक्ष्मण पोख्रेल, मिनराज खनाल, मञ्जु घिमिरे ,वडाअध्यक्ष चन्द्रमणि बेल्वासे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेद प्रसाद पौडेलको विशिष्ट आतिथ्यता, विद्यालय व्यवस्थापन समिति सदस्य, विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, समाजसेवी, विद्यार्थीको आतिथ्यता र विद्यालयका प्रधानाध्यापक भोजराज आचार्यको अध्यक्षता रहेको कार्यक्रम क्याम्पसका विद्यार्थी खिम बहादुर घर्तीको स्वागत मन्तव्य तथा शिवकुमार बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam