संघीय सरकार मार्फत कपिलवस्तुले पायो ५ अर्व बढी बजेट
कपिलवस्तु ।
कपिलवस्तु जिल्लाका पालिकाका लागि संघीय सरकारले ५ अर्व १८ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७९/०८० का लागि जिल्लाका १० पालिकामा सो बजेट आएको हो ।
जसमध्ये सबैभन्दा बढी बजेट बाणगंगा नगरपालिकाले पाएको छ । बाणगंगाले संघीय सरकारद्धारा ६९ करोड ७१ लाख बजेट पाएको छ ।
यस्तै कपिलवस्तु नगरपालिकाले ५९ करोड ८१ लाख, कृष्णनगर नगरपालिकाले ४८ करोड ८५ लाख, बुद्धभूमि नगरपालिकाले ५८ करोड ९० लाख, महाराजगञ्ज नगरपालिकाले ५१ करोड २१ लाख बजेट पाएको छ ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिकाले ५६ करोड ८८ लाख, मायादेवी गाउँपालिकाले ४४ करोड १२ लाख, यशोधरा गाउँपालिकाले ४२ करोड ४८ लाख, बिजयनगर गाउँपालिकाले ४० करोड ६८ लाख बजेट पाएको छ भने सबैभन्दा कम कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले ३५ करोड ९३ लाख बजेट प्राप्त गरेको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam