आवेग र उत्तेजनाले क्रान्ति हुँदैन : विप्लव
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आग्रह गरेका छन्।
शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्व-सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुदर्शनलाई पार्टीमा फर्किन आह्वान गरेका हुन्।
उनीहरूलाई गल्ती स्वीकार गरेर आत्मालोचना गरी पार्टीमा फर्किएमा आफूहरूले स्वागत गर्ने पनि उनले बताए।
उनले बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताए। महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘हाम्रा ६ दलका मित्रहरुसँग सहकार्य गर्ने। ठिक छ, आउनुस् सुदर्शन र कञ्चनजीलाई पनि हामीले भन्यौँ गल्तीहरु स्वीकार्नुस्। मान्छेबाट गल्ती हुन्छ। तपाईहरु गल्तीबाट आत्मालोचना गर्नुस्।’
महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरिराख्ने भन्दै प्रचण्डलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गरे। उनले माओवादी जनतालाई मलमल र भुमरीमा नफसाइ परिवर्तनतिर लैजाने गरी आएमा आफूहरु एकताका लागि तयार रहेको बताए।
उनले लहैलहैमा लागेर पार्टी छाडेका कार्यकर्तालाई पनि पार्टीमा फर्किन अपिल गरे। उनले भने, ‘प्रचण्डजीलाई पनि हामीले भनेका थियौँ, उहाँ एकताको कुरा गरिराख्नु हुन्छ। तपाई पुरानो ठाउँबाट फर्किनुस् न। माओवादी केन्द्रसँगका साथीहरुसँग साँच्चिकै छलफल हुन्छ। तपाईहरु पुरानो ठाउँबाट फर्किनुस्। नेपाली जनतालाई पछाडितिर धकेल्ने होइन। नेपाली जनतालाई अलमल र भुमरीको चक्करमा फसाउने होइन। निकासतिर, परिवर्तनतिर लैजाने गरी आउनुस्। हामी तयारै छौँ।’
नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ। महाधिवेशन अगाडि भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam