‘सर्वजीत’ चलचित्र निर्माणका लागि ५ महिनाकाे तलब दिने मन्त्री आलेकाे घोषणा
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजित’ चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिवार आयोजित एक कार्यक्रमकाबीच ‘सर्वजित’ चलचित्रको शुभ मुहूर्त भएको थियो । त्यस कार्यक्रममा बोल्दै मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको हो । चलचित्रलाई दिनेश डीसीले निर्देशन गर्नुहुने भएको छ ।
दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको हो । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam