शिवराजमा जातिय विभेद अन्त्यका लागी दलित सवाल संबोधन विषयक अन्तरक्रिया सम्पन्न
नवराज पौडेल, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा को अवसरमा शिवराज नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधी संग स्थानिय योजना र कार्यक्रममा दलित सवाल संबोधन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार महिला रक्षक संजाल कपिलवस्तु, दियालो नेपाल,दलित मावन अधिकार निगरानी समीती कपिलवस्तु, र नमस्ते बाल बचाउ किशोरी अधिकार मंच कपिलवस्तुको संयुक्त आयोजना तथा ओरेक नेपालको सहयोग कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकका नगरप्रमुख अजय थापाले अहिलेको आधुनिक युगमा पनि जातिय विभेद हुनु अत्यन्तै दुखत विषय भएको भन्दै शिवराज नगरपालिका बाट हुने यस्ता खालका विभेदको अन्त्य हुने गरि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । सबै समुदायलार्ई एकै नजरले हेर्ने सोच बनाउनुपर्ने उहांले बताउनु भयो ।
दलित शसक्तीकरणका लागी नगरपालिकाले विभिन्न संघसंस्था संग सहकार्य गर्ने र दलित समुदायको स्तर उन्नतीहुने खालका कार्ययोजना बनाएर अगाढी बढ्ने बताउनु भयो । अव पनी शिवराज नगरपालिका जातिय विभेदका घटना भएमा नगरमा जानकारी गराउन आग्रह गर्नुभयो । फरक प्रसंगमा हरेक शनिबार औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागिता जनाउनु भन्दा जनताको घरदैलोमा गई जनताका समस्या पहिचान गरि समाधान गर्नतर्पm लाग्न सम्पुर्ण जनप्रतिनिहरुलाई सुझाव दिनु भयो ।
कार्यक्रममा लाई सम्वोधन गर्दै दलित अधिकार निगरानी समीती कपिलवस्तुका अध्यक्ष मिना परियारले जातिय विभेद अन्त्यका लागी स्थानिय तह अर्थात शिवराज नगरपालिकाले आयोजना गर्नुपर्ने बताउंदै हालै निर्वाचित सम्पुर्ण जनप्रतिनिधीहरु लाई आगामी दिनमा शिवराज नगरपालिका कै आयोजनामा यस किसिमका कार्यक्रमको आयोजन गर्न आग्रह गर्नु भयो ।
जातिय विभेदलाई राज्यले दण्डनिय बनाएको आधा सताव्दी भन्दा बढी र छुवाछुत मुक्त राष्ट्र घोषणा भएको डेढ दशक भईसक्दा समेत अभैm पनि कुवा,धारो,पधेरो छोइएको वा अन्र्तरजातिय प्रेम सम्वन्ध कै कारण दलित हत्या श्रृखला नरोकिएको र समाजिक रुपमा जडा गाडेर बसेको छुवाछुत र जातिय भेदभाव अन्त्यका लागी कानुनको प्रभावकारी कार्यन्वयन र विभेदकारी सोच परिवर्तन गर्न आवस्यक रहेको उहाले बताउनु भयो ।
स्थानिय योजना तर्जुमा प्रकिृयामा दलित महिला,किशोरी तथा बालबालिकाको अर्थपुर्ण सहभागिता हुनुपर्ने, दलित समुदायका सवाल,विषेशगरि दलित महिला यौनिक तथा लैगिंक अल्पसंङ्खयक,किशोरी र बालबालिकाका सवालहरुलाई प्राथामिकरण गरि स्थानिय योजनामा सम्बोधन गरिनुपर्ने, हानिकारक परम्परागत अभ्यास जातिय विभेद विरुद्ध स्थानिय सरकारको नेतृत्वमा समुदाय स्तरमा अभियान संचालन गरि आवस्यक नितिगत परिर्वतन तथा कार्यन्वयनका लागी पैरवी गरिनुपर्ने लगाएतका माग राख्नु भयो ।
यसै विच कार्यक्रममा बोल्ने अधिकांस बत्ताहरुले जातिय विभेद अन्यका लागी पहिले घर परिवार समुदायबाट सुरु गरिनुपर्ने र यी विभिन्न विभेद सम्बन्धी सम्पुर्ण जनमानसमा सचेतना फैलाउन आवस्यक रहेको औंल्याएका थिए । कार्यक्रमलाई वडा १ का वडा अध्यक्ष खिम विक्रम केसी, वडा नम्वर २ का वडा अध्यक्ष राम बहादुर चौधरी लगाएतले सम्बोधन गरेका थिए । यसैविच कार्यक्रममा शिवराज नगरपालिकाका नव निर्वाचित ५७ जना जनप्रतिनिधीलाई सम्मान समेत गरिएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam