कपिलवस्तुमा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्युु
कपिलवस्तु-माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।कपिलवस्तुको विजयनगर गाउँपालिका १ का ४५ वर्षिय जोक बहादुर खन्गाहाको माछा मार्ने क्रममा चिरही खोलामा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी नायव उपरीक्षक विजयराज तिमल्सीनाले जानकारी दिनुभयो ।
सनिवार साँझ माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए। खन्गाहाको शबलाई पोस्टमार्टमका लागि बहादुरगंज लगीएको प्रहरीले जनाएको छ । शबलाई पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाउने ईलाका प्रहरी कार्यलय गणेशपुरले जनाएको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam