आज थपिए १३ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड १९ का संक्रमित थपिएका छन्। यस समयमा २ हजार ६३४ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्।

आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय १० जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयको विवरण अनुसार हालसम्म नेपालमा ९६ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

TOP