दाङमा लाेहाेराे प्रहार गरी श्रीमानकाे हत्या
दाङ – दाङकाे घाेराही उपमहानगरपालिकामा लाेहाेराे प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । अचार पिस्ने लोहाेरो प्रहार गरी घोराही १४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पंकज गुप्ताकाे हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको ज्यान लिएकाे उनले प्रहरीसमक्ष बयान दिएकी छिन् ।
‘श्रीमान्–श्रीमातीकाबीच पटक–पटक झगडा हुने गरेको रहेछ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले भन्नुभयो, ‘त्यही क्रममा सोमवार बिहान विवादका क्रममा श्रीमतीले लाेहाेराेले प्रहार गर्दा श्रीमानको ज्यान गएकाे रहेछ ।’ प्रहरीका अनुसार उनीहरू घरझगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam